काठमाडौ २९ असार ।
आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्ड विरुद्धको खेलको तयारीका लागी ईङल्याण्ड पुगेका नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजबाट अभ्यास खेल खेल्दैछ ।
पहिलो अभ्यासमा नेपालले आज स्थानीय फरेष्ट क्रिकेट क्लवसँग प्रतिस्पर्धा गर्नेछ । स्थानीय क्लवसँग ४० ओभरको ४ म्याच खेलपछि नेपाली टोली लर्डस् पुग्नेछ ।
त्यहाँ चर्चित ईङलिश क्लव मेरिलेबोन क्रिकेट क्लव एमसीसीसंग आगामी साउन ४ गते एक एक दिवसीय म्याच खेल खेल्नेछ ।
त्यसको भोलीपल्ट नेपाल बेलायत दौत्य सम्बन्ध स्थापनाको २ सयांै वर्षगाँठको अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागी भएर नेपाली राष्ट्रिय टोली साउन ६ गते स्वदेश फर्कनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline