काठमाडौं, असार २९ ।
आज २०३ औं भानुजयन्ती । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।
प्रत्येक वर्षको असार २९ गतेका दिन भानु जयन्ती मनाउदै आएको छ । भानुजयन्तीको अवसरमा उहाँको सम्झनामा विभिन्न सरोकालवाला संघ संस्थाहरुले राजधानीमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तको योगदान अतुलनीय रहेको छ । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गरेका थिए ।
राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline