काठमाण्डौ , २८ असार ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले माओवादीले दाबी गरे जस्तो उसका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्न पत्र नदिएको बताउनु भएको छ ।
सभापति शेरबहादुर देउवा निकट नेता खाँडले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन काग्रेसले पत्र नपठाएको बताउनु भयो ।
तर, सत्तारुढ प्रमुख घटक माओवादीले समर्थन फिर्ता लिएपछि सरकारले विश्वासको मत गुमाएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि कांग्रेस, एमाले, माओवादी र मधेसी मोर्चा बसेर सहमतिको प्रयास थाल्ने उहाको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline