पत्रकारको न्युनतम पारिश्रमिक राजपत्रमा प्रकाशित

पत्रकारको न्युनतम पारिश्रमिक राजपत्रमा प्रकाशित

  • मङ्लबार, असार २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, २८ असार ।
सरकारले श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक आगामी साउन १ गते देखि लागू गर्ने गरी राजपत्रमा प्रकाशित गरेको छ ।
नयाँ व्यवस्थाअनुसार श्रमजीवी पत्रकार ऐन पूर्णकार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारले न्यूनतम् मासिक पारिश्रमिक १९ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, ऐन पूर्णकार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी कामदार, कर्मचारीको न्यूनमत् मासिक पारिश्रमिक १४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।

अरु सन्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक भने १४ हजार १ सय रुपैयाँ, अरु सन्चार प्रतिष्ठानका श्रमजीवी कामदार, कर्मचारीको न्यूनमत् पारिश्रमिक १२ सय ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

आंशिक समय काम गर्ने, ज्यालादारी, करारमा काम गर्ने श्रमजीवी पत्रकार, कामदार, कर्मचारीको हकमा न्यूनतम् पारिश्रमिकको सट्टा कार्यघन्टा र करारबमोजिम सम्बन्धित प्रतिष्ठानले निर्धारण गरिने मंगलबार प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ