युइएफएद्धारा युरोकप २०१६ को आधिकारिक टिम अफ द टुर्नामेन्ट घोषणा

युइएफएद्धारा युरोकप २०१६ को आधिकारिक टिम अफ द टुर्नामेन्ट घोषणा

  • मङ्लबार, असार २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ २८ असार ।
युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले युरोकप २०१६ को आधिकारिक टिम अफ द टुर्नामेन्ट घोषणा गरेको छ ।

टिममा च्याम्पियन पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोसहित चार खेलाडी परेका छन् । यस्तै जर्मनीका तीनका साथै फ्रान्स र वेल्सका दुई खेलाडी पनि टीममा परेका छन् ।

युइएफएका प्रमुख प्राविधिक अधिकृत लोएन लुपेस्कुको नेतृत्वमा रहेको १३ सदस्यीय अनुगमन कमिटिले टिमका लागि खेलाडी चयन गरेको हो ।

टिम अफ द टुर्नामेन्टमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोसहित रुइ पाट्रिसियो, राफेइल गेरिरो, र पेपे परेका छन् । यस्तै जर्मनीबाट जोशुए किमिच, जेरोम बोटेङ र टोनी क्रोस रहेका छन् ।

यसैगरी फ्रान्सका एन्टोनी ग्रिजम्यान, दिमित्री पेयट तथा वेल्सका जो एलन र आरोन रामसी पनि टीममा समेटिएका छन् । रोनाल्डो र पेपे योसँगै तीन पटक युरोकपको टिम अफ द टुर्नामेन्टमा परेका हुन् ।

रोनाल्डो यसअघि सन् २००४ र २०१२ को युरोकपमा टिम अफ द टुर्नामेन्टमा परेका थिए । यस्तै पेपे सन् २००८ र २०१२ को टिममा परेका थिए ।

प्रतियोगिता सुरु हुनु पूर्व नै तयार भएको मापदण्ड अनुसार सर एलेक्स फरग्युसन समेत रहेको टोलीले टिम छनौट गरेको हो । टिममा वेल्सका ग्यारेथ बेल भने परेनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ