मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

  • मङ्लबार, असार २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमान्डौ,असार २८।
नवलपरासीको बर्दघाट–४ बासखोलामा सवारी दुर्घटना हुदा एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ।

मृत्यु हुनेमा रुपन्देही रायपुर गाविस घर भई लागु औषध ब्युरो रुपन्देहीमा कार्यरत प्रहरी हवल्दार प्रभु कोहारको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको कोहार सवार बा ७५ प ७९०६ नम्बरको मोटरसाइकल बर्दघाट–४ बाँसखोलामा अनियन्त्रित भएर गएराति पल्टिएको थियो।

दुर्घटनामा गम्भिर घाइते भएका कोहारको उपचारका क्रममा चितवनको भरतपुर अस्पतालमा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ