देशभर आजदेखि प्रहरी मेरो साथी कार्यक्रम सुरु

देशभर आजदेखि प्रहरी मेरो साथी कार्यक्रम सुरु

  • सोमवार, असार २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 21.6K
    SHARES

काठमान्डौ,२७ असार ।
नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश भए अनुरुप आज देशैभर प्रहरी मेरो साथी कार्यक्रमको शुभारम्भ गरिएको छ ।

नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलापहरुलाई प्रहरी मेरो साथीको एउटै अवधारणामा आवद्ध गर्ने उद्देश्यका साथ सुरु गरिएको कार्यक्रमको गृहमन्त्री शत्ति बस्नेतले सुभारम्भ गर्नुभयो ।

अभियानको राजधानीको नेपाल पुलिस क्लब भृकुटिमण्डपमा सुरुवात गर्दै गृहमन्त्री वस्नेतले समग्र सुरक्षा व्यवस्थालाई पहिलेभन्दा गुणात्मक रुपले सुदृढ बनाउन सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाले जनतासँगको सहकार्यबाट सञ्चालित प्रहरी मेरो साथी अभियानले नागरिकप्रति उत्तरदायी बन्न अझ सघाउने बताउनु भयो ।

यस्तै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले देशको कानुन र विधीबाट प्रहरी चल्ने बताउनु भएको छ । उहाँले राजनीतिक दलको आदेशले प्रहरी संगठन चल्न नसक्ने बताउनु भयो ।

राज्य र जनताविच एकता गर्ने काम प्रहरीको भएको बताउदै उहाँले हिजोको प्रहरी अवधारणा परिवर्तन गर्ने बेला आएको बताउनु भयो । भोलीको प्रहरी संगठन कस्तो बनाउने भन्ने बारेमा अहिले नै सोच्नु पर्नेमा जोड दिनु भयो ।

प्रहरी मेरो साथी कार्यक्रमलाई नेपाल प्रहरी र समुदायमा संस्थागत विकास गर्दै अपराध, दुर्घटना, सामाजीक विकृतिको नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न प्रहरी कटिवद्ध रहने प्रहरीले जनाएको छ । प्रहरी मेरो साथी अभियानले देशैभरका प्रहरीको सञ्जाल निर्माण गर्दै प्रहरी सेवालाई नागरिक मैत्री बनाईने प्रहरीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ