एमालेसँग राष्ट्रिय सहमतीको पहल गर्ने माओवादीको निर्णय , अध्यक्षलाई जिम्मेवारी

एमालेसँग राष्ट्रिय सहमतीको पहल गर्ने माओवादीको निर्णय , अध्यक्षलाई जिम्मेवारी

  • सोमवार, असार २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमान्डौ,२७ असार ।

माओवादी केन्द्रले राष्ट्रिय सहमतिको राजनीति र सहमतिको सरकारका बिषयमा एमाले नेतृत्वसँग फेरि छलफल गर्ने निर्णय गरेको छ ।
एमाले सँग भएको भनिएको ९ बुँदे लिखित र अलिखित ’भद्र सहमति’ कार्यान्वयनका लागि प्रधामन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फेरि छलफल गर्ने निष्कर्षमा पुगेको हो ।
लाजिम्पाटस्थित अध्यक्ष दाहालको निवासमा बसेको माओवादी केन्द्रको बिहान करिब ५ घण्टा चलेको केन्द्रीय कार्यालयको बैठकले छलफलको जिम्मेवारी फेरी पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै दिईएको छ ।

यस अघि पटक पटक सहमति कार्यन्वयन नभएको भन्दै सरकार छाड्ने चेतावनी दिदै आएको माओवादी कुनै विकल्प बारे चर्चा गरे निर्णयमा पुग्न सकेको छैन ।

यही सरकारमा रहने या बाहिरिने भन्नेमा माओवादी नेताहरुबीच मत बाझिएपछि छिनोफानो गर्ने जिम्मा अध्यक्षलाई दिइएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । पार्टीबाट मन्त्री बनेकाहरुले सहमतीय सरकारमा जाने भए पहिले स्पष्ट खाका तयार गर्नुपर्नेमा जोड दिएपछि बैठकले सत्ता परिवर्तनबारे ठोस निर्णय गर्न नसकेको हो ।

यसअघि नै सहमतिय सरकार निर्माणको निर्णय गरिसकेको र त्यसमा विशेष जोड दिइरहेको माओवादीले त्यस विषयमा पनि अन्य दलका नेताहरुसँग पनि छलफल गर्ने जनाएको छ ।

बैठकमा सरकार परिवर्तनका विषयमा एमालेस‘ग थप छलफल गर्ने निर्णय भएको प्रवक्ता भुसालले जानकारी दिनुभयो । विगतमा भएका सहमति एवम् समझदारीलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने र पूर्व सहमतिलाई अक्षरशस् कार्यान्वयन गराउने विषयमा एमालेसँग छलफल गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ