काठमाण्डौ ,२६ असार ।
चिकित्सा शिक्षा सुधारका लागि विभिन्न माग गर्दै शिक्षण अस्पतालका डा. गोविन्द केसीको अनशन आज दोस्रो दिन पनि जारी छ ।
डाक्टर केसीले सबै सरकारी मेडिकल शिक्षण संस्थाहरुको आर्थिक भार सरकारले बेहोर्दै सबै सिट निशुल्क गर्नुपर्ने, सबै प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज र्पुयाउनुपर्ने माग राख्नुभएको छ ।
सरकार लगायत सम्बद्ध निकाय समक्ष चार बुँदे माग पूरा गर्न दिएको दुई साताको अल्टिमेटम सकिएपछि डा. केसी हिजो देखि अस्पताल परिसरमै अनसन थाल्नु भएको हो ।
डा. केसी यसअघि पनि ७ पटक अनशन बसिसक्नुभएको छ । डा. केसीको प्रतिनिधि मण्डलसँग आज सरकारले वार्ता गर्ने तयारी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline