बहुमुल्य जडीबुटी यार्सागुम्बासहित दुई जना पक्राउ

बहुमुल्य जडीबुटी यार्सागुम्बासहित दुई जना पक्राउ

  • सोमवार, असार २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २७ असार ।  

अवैधरुपमा भारतबाट ल्याउँदै गरेको तीन किलो बहुमूल्य जडीबुटी यार्सागुम्बासहित दुई जनालाई प्रहरीले दार्चुलाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्चुला हिकिला–२ स्थायी घर भइ हाल अपि नगरपालिका–११ बागाबगर बस्दै आएका ३० वर्षीय नन्दनसिंह बडाल र दार्चुला धारी–३ का ३५ वर्षीय नरेन्द्रसिंह धामी रहेका छन् ।

कबिर ३० लाख रुपैयाँ बराबरको यार्सागुम्बासहित उनीहरुलाई हुती–६ महाकाली किनारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिनुभयो ।

उनीहरुले बहुमूल्य जडीबुटी यार्सागुम्बा भारतको जुमा भन्ने ठाउँबाट लिएर आएको बताएका छन् । पक्राउ परेका दुवै जनालाई प्रहरीले अपि नाम्पा संरक्षण कार्यालय, दार्चुलाको जिम्मा लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ