असार २७ एजेन्सी । फ्रान्समा आज बिहान सम्पन्न यूरोकप २०१६ को उपाधी पोर्चुगलले हात पारेको छ । कप्तान क्रिस्टियानो रोनाल्डो घाईते भए पछि दवावमा आएको पोर्चुगलले सम्हालिदै अतिरिक्त समयमा धकेलिएको खेलमा १–० ले घरेलु टोलीलाई स्तव्ध पार्यो ।
स्टाड डे फ्रान्स स्टेडियममा भएको खेलमा पोर्चुगलको जीतमा सब्सटीच्युट प्लेयर ऐडेरले अतिरिक्त समयको १ सय ८ औं मिनेटमा गोल गरे । उनी रेनाटो सान्चेसको स्थानमा दोस्रो हाफ्मा मैदान प्रवेश गरेका थिए ।
निर्धारीत ९० मिनेटमा गोल गर्न नसके पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
खेलमा दवाव कायम राखेर गोलको थुप्रै अवसर सिर्जना गरे पनि फ्रान्स अभागी सावित भयो ।
फ्रान्सको भने तेस्रो पटक यूरोकपको उपाधी जीतेर ह्याट्रीक गर्ने लक्ष्य पूरा हुन सकेन ।
सन् २००४ मा आफ्नै देशमा उपाधी नजिक पुगेर पनि ग्रिससग हारेको पोर्चुगलले पहिलो पटक ठूलो अन्तराष्ट्रिय उपाधी उचाल्न सफल भएको हो ।
धेरै खेल पण्डित र विष्लेषकले पोर्चुगलले उपाधी जीत्ने भविष्यवाणी गर्न सकेका थिएनन् । तर अन्त्य सम्म संघर्षरत पोर्चुगलका खेलाडीले जीत निकाले ।
यो जीतले विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोलाई अझ स्थापित हुन मद्धत पुर्याएको छ । उनी पहिलो हाफ्मै फ्रान्सका डिमित्री पायटसग‘ ठोक्एिर घाईते भए पछि मैदान बाहिर जादा आशु खसाउदै थिए ।

तर उनको आशु जीतमा बदलिए पछि उनी मैदानमा फेरी खुसी देखिएका थिए ।

