काठमाडौं ,२६ असार ।
श्रमजिवी ट्रेड युनियनमहासंघ नेपालले आगामी आर्थिक बर्षको बजेटमा श्रमजिवी मजदुर वर्ग र गरीब जनता लक्षित कुनै कार्यक्रम समाबेस नगराईएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघले आज श्रम तथा रोजगार मन्त्री दिपकबोहोरालाई भेटि १५ बुदे माग राखि ध्यानाकर्षण सहितको सहितको ज्ञापनपत्र बुझाएको हो ।
सिंहदरबार स्थित मन्त्री बोहोराको कार्यालयमा पुगी महासंघका अध्यक्ष रामबहादुर तामाङ नेतृत्वको टोलीले सरकारी कर्मचारीको तलब २५ प्रतिशत बढाउदा गरिव तथा मजदुर वर्गलाई भने वेवास्था गरेको प्रति आप्पती जनाउदै आफुहरुको माग पुरा गराउन भुमिाका खेल्न आग्रह गरेका थिए ।
महासंघले आफ्नामागहरु श्रावण महिनाभित्र पुरा नगरिए भाद्र १ गतेबाट कडा भन्दा कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।
सरकारले ल्याएको निजामती कर्मचारी लक्षित कार्यक्रमले सिमितवर्गको पक्षपोषण गरेपनित्यसले महंगीआकासिने र सर्वसाधारणको चुल्हो बाल्न समेत नसकिने अवस्था आउनु दुखद भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
विज्ञप्तीमा भनिएको छ , सरकारले ल्याएको कार्यक्रमले सरकारी कर्मचारीहरुको मात्रआवश्यकता हेरेको तर असिमितगरिखाने वर्गको बिचल्लीबनाउने कार्य गरेको भन्दै महासंघले खेद व्यक्तः गर्दछौ ।
महासंघले अकिार सम्पन्न श्रमजिवीमजदुर आयोग तत्काल गठन गरिनुपर्ने, प्रत्येक संगठित तथा असंगठित मजदुरहरुको पारिश्रमिक शतप्रतिशत वृद्धि गर्नुपर्र्नेे, श्रमिकहरुको विमा सम्बन्धित कम्पनी वा प्रतिष्ठानले गर्नु पर्ने लगायतका रहेका छन् ।
यस्तै यस अघि श्रमजिवी ट्रेड युनियन संघ र नेपालउद्योग बाणिज्य महासंघ बीचभएको सम्झौताहरु तत्कालकार्यान्वयनगर्नु पर्ने, सबै उद्योग प्रतिष्ठानहरुमा मजदुरहरको अनिवार्य नियुक्तिपत्रको व्यवस्थागर्नु पर्ने र राशन कार्डको अनिवार्य व्यवस्थागर्नु पर्ने पनि महासंघले माग गरेको छ ।
महासंघको ज्ञापनपत्र बुझ्दै मन्त्रीबोहोराले महासंघको मागमाआफु गम्भीर भएको र यो माग मन्त्रीमण्डलसम्म लगेर आफूले छलफल गर्ने बताउनु भएको छ ।
ज्ञापनपत्रको बोदार्थ उद्योग मन्त्रालय, भौतिकतथायातायातमन्त्रालय, श्रम विभाग, नेपालउद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफकमर्स, यातायातव्यवसायीमहासंघ, जिल्लाप्रशासनकार्यालय काठमाडौं, भक्तपुर र ललितपुरलाई पनि दिईएको छ ।
महासघंको टोलीमा अध्यक्ष तामाङ, उपाध्यक्ष कुलबहादुर बस्नेत, महासचिव नेत्र बहादुर लिम्बु, उपमहासचिव निरज बस्नेत र सुरेश कुमार श्रेष्ठ, सहकोषाध्यक्ष मोतीराज राई लगायतका केन्द्रीय पदाधिकारीहरु सहभागी थिए ।