• आइतवार, असार २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं,२६ असार ।

चीनमा उत्पादित वैकल्पिक इन्धन र नेपालमा यसको प्रयोगबारे अध्ययन गर्न आपूर्ति मन्त्रालयको टोली आज वेइजिङ गएको छ ।

चीनको वैकल्पिक इन्धन र त्यसलाई नेपालमा गर्न सकिने प्रयोगका सम्वन्धमा छलफल गर्न आपूर्ति सचिव श्रीधर सापकोटा नेतृत्वको ५ सदस्यीय टोली मध्यान्ह त्यसतर्फ गएको हो ।

चीनबाट पेट्रोलियम आयतका लागि प्रक्रिया अघी वढाएको सरकारले वैकल्पिक उर्जाको सम्भाव्यताका सम्वन्धमा समेत छलफल गर्न लागेको हो । विशेष गरि कोइलाबाट तेल निकाल्ने विषयमा छलफल हुने आपूर्ति मन्त्रालयका एक अधिकारीले बताए ।

कोइलाबाट तेल निकाल्ने सम्वन्धमा चीनले नेपाललाई सहयोग गर्ने बताईसकेको छ । भ्रमणका क्रममा बैकल्पिक उर्जा सम्वन्धी चिनियाँ सरकारी स्वामित्वको सीसीडिआईका प्रतिनीधिसंग बैकल्पिक उर्जामा भईरहेको प्रयोगका सम्वन्धमा पनि छलफल हुने आपूर्ति मन्त्रालयका सह प्रवक्ता अर्जुन राज पन्तले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी