प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदित

प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदित

  • आइतवार, असार २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं,२६ असार ।

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित सुशीला कार्कीको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले कार्कीको नाम सर्वसम्मतीले अनुमोदन गरेको समिति सदस्य भानुभक्त ढकालले जानकारी दिनुभयो ।

संसदिय समितिले कार्कीलाई प्रध्यानन्यायधिसमा अनुमोदन गरेसँगै उहाँ नेपालको न्यायलयको इतिहासमा पहिलो प्रधानन्यायधीश बन्नु भएको छ ।

समितिमा कार्की विरुद्ध ६ वटा उजुरी परेका थिए । कार्कीले आफु माथि परेको उजुरीको जवाफ दिदै भ्रष्टाचारको आरोप अस्वीकार गर्नुभएको थियो । आफूलाई श्रीमान र भगवानसँग डर लाग्ने भन्दै उहाले भ्रष्टाचार गरेको भए आफ्नो सम्वन्ध विच्छेद भइसक्ने तर्क गर्नुभयो ।

कार्कीले अदालतमा मुद्दाको चाप अत्यधिक रहेको भन्दै ११ जना न्यायाधीशको सुनुवाई प्रक्रिया छिटो सुरु गर्न आग्रह गनुभएको थियो । समितिले अनुमोदन गरेको पत्र संवैधानिक परिषदमा पठाउने व्यवस्था छ । त्यसपछि परिषदले बोधार्थ राष्ट्रपति कार्यालयमा पठाएर राष्ट्रपतिबाट शपथ गराउने व्यस्था छ ।

यसअघि समितिको शुक्रबारको बैठकले प्रमुख निर्वाचन आयुक्तमा अयोधिप्रसाद यादवलाई सर्वसम्मत अनुमोदन गरेको थियो । सर्वोच्च अदालतका ११ न्यायाधीश र २२ मुलुकका लागि सिफारिस राजदूतको सुनुवाई भने क्रमशः गर्दै जाने समितिको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ