काठमाडौं, २६ असार ।
नेपाल र बंगलादेशबीच असार ३१ गते र साउन २ गते हुने भनिएको मैत्रीपूर्ण फुटबल रद्ध भएको छ ।
बंगलादेशको फुटबल संघले अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र पठाएर सुरक्षको कारण देखाउदै खेल रद्द गर्न आग्रह गरेको हो ।
‘वर्तमानस्थितिमा मैत्रीपूर्ण फुटबल आयोजना गर्न हामी असमर्थ छौं बंगलादेश फुटबल संघले पठाएको पत्रमा भनिएको छ ।’ बंगलादेशले एक महिनापछि मैत्रीपूर्ण खेल हुन सक्ने संकेत पनि गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
असार ३१ गते र साउन २ गते हुने भनिएको मैत्रीपूर्ण खेलका लागि नेपालले तयारी गरि टिमसमेत घोषणा गरेको थियो । सुरक्षाका कारण खेल स्थगित भएको हो । बंगलादेशमा गएको हप्ता इस्लामिक स्टेट आइएसका लडाकुले बम विस्फोट गराएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline