काठमाडौ २६ असार ।
मुलुकको पछिल्लो राजनितिक अवस्थाका बारेमा छलफल गर्न सत्ता साझेदार प्रमुख दलको बैठक आज बस्दैछ ।
यसअघि हिजो नै बैठक बस्ने भनिएपनि संसद बैठक अबेरसम्म चलेपछि दलहरुको बैठक आजका लागि सािरएको हो ।
बैठक साँझ ६ बजेका लागि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
बैठकमा पछिललो समय चलेको सरकार परिवर्तनको बहसका साथै एमाले र माओवादी केन्द्रबीच भएको ९ बुँदे सहमति लगायतका विषयमा छलफल हुने बताइएको छ ।
सत्ता नेतृत्वकर्ता दल नेकपा एमालेसँगको ९ बुँदे सहमति हुँदा बजेट पारित गरेपछि आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने भद्र सहमति भएको दावी गर्दै माओवादी केन्द्रले सहमतीय सरकार बनाउने पहल थालेपछि सत्तारुढ मुख्य दुई दलबिच केही खटपट सुरुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline