जनकपुरधाम, असार २६ ।
जनकपुरमा आज विहान बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका बस्ने ४२ वर्षीया प्रमिला साह रहेकी छिन् ।
उनको श्रीमान ४५ वर्षीय शम्भु साह भने घाइते भएका छन् । पिडारी चोक र रामानन्द चोकबीचमा मर्निङ वाक गरिरहेका उनीहरुलाई पछाडिबाट बसले ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।
प्रमिलाको घटनास्थलमै मृत्यु भएको र उनको श्रीमानको शम्भुको बायाँ खुट्टा भाँच्चिएको प्रहरीले जनाएको छ ।
घटनापछि बस लिएरै चालक फरार भएका छन् ।फरार बस र चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline