ताप्लेजुङको तमोर नदी थुनिएर ताल बन्यो

ताप्लेजुङको तमोर नदी थुनिएर ताल बन्यो

  • आइतवार, असार २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ २६ असार ।
ताप्लेजुङको सावादिन गाविसस्थित नाक्ला भिरमा पहिरो खसेपछि तमोर नदी थुनिएर ताल बनेको छ । गएराती करिब २ बजेतिर खसेको पहिरोले नदी थुनिएपछि नदी किनारमा रहेका तीन वटा बजार जोखिममा परेका छन् ।

नदी थुनिदा फुरुम्बु गाविसमा रहेको मितलुङ बजारसहित तमोर नदी किनारमा रहेका हान्द्रुङ र दोभान बजार जोखिममा परेको छ । नदी थुनिएपछि स्थानीय प्रशासनले आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ ।

अहिले नदीको धार परिवर्तन भई बग्न सुरु भएपनि थुनिएको भाग पूर्ण रुपमा नखुलेकाले जोखिम कायम रहेको प्रहरीले जनाएको छ । उक्त क्षेत्रका बासिन्दालाई प्रहरी मार्फत सुरक्षीत रहन अनुरोध गरीएको तापलेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

मितलुुङ बजारका स्थानीय बजार छाडेर सुरक्षित स्थानतर्फ सर्न थालेका छन् भने दोभान र हान्दु्रङका स्थानियलाई पनि सचेत रहन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यस्तै तमोर नदी आसपासका तल्लो क्षेत्रका बासिन्दालाई पनि सुरक्षित रहन आग्रह गरिएको छ । नदी थुनिएको स्थानमा अहिले प्रहरीको टोली पुगेको छ भने सदरमुकामबाट सेनाको टोली पनि त्यसतर्फ प्रस्थान गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ