युरोकप फुटबलको उपाधि भिडान्त आज, फ्रान्स र पोर्चुगल मैदान उत्रदै

युरोकप फुटबलको उपाधि भिडान्त आज, फ्रान्स र पोर्चुगल मैदान उत्रदै

  • आइतवार, असार २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौ २६ असार ।  

फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको उपाधि भिडान्त आज हुदैछ । नेपाली समय अनुसार आज राति पौने एक बजे हुने खेलमा आयोजक फ्रान्स र पोर्चुगल उपाधि हात पार्ने दाउका साथ मैदान उत्रदैछन् ।

फ्रान्सको पेरिसमा हुने खेल दुबै टोलीका लागि त्यति सहज भने हुनेछैन । घरेलु टोली फ्रान्स आफ्नै भूमिमा तेस्रो पटक उपाधि जित्ने दाउमा छ भने पोर्चुगल कुनै पनि मूख्य प्रतियोगिताको पहिलो उपाधि हात पार्ने रणनितिमा छ ।

सन् १९८४ मा आफ्नै भूमिमा युरोकप जितेको फ्रान्सले सन् १९९८ मा घरेलु समर्थकको माझ विश्वकप फुटबलको उपाधि उचालेको थियो ।

समुह चरणमा एक खेल पनि जित्न नसकेको पोर्चुगल तीन खेलबाट तीन अंक जोड्दै समुहमा तेस्रो भएर राउण्ड अफ सिक्सटिनमा पुगेको थियो ।

यसैगरी सेमिफाईनलमा वेल्सलाई २–० ले हराउदै पोर्चुगलले फाईनलमा स्थान सुरक्षित गरेको हो । यस्तै फ्रान्सले समुह चरणमा रोमानिया र अल्बानियालाई हराएको थियो भने स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो ।

राउण्ड अफ सिक्सटिनमा आयरल्याण्डलाई हराएको फ्रान्सले क्वाटरफाईनलमा आईसल्याण्डलाई ५–२ ले पाखा लगायो । त्यसपछि सेमिफाईनलमा जर्मनीलाई २–० ले हराएपछि आयोजक फ्रान्सलाई उपाधिको मुख्य दावेदारको रुपमा हेरिएको छ ।

आजको खेलमा पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डो, नानी र रेनाटो सान्चेजको खेल महत्वपूर्ण मानिएको छ भने फ्रान्सका लागि डिमित्री पायट, पउल पोग्बा र एन्टोनियो ग्रेजम्यानको खेल हेर्न लायक मानिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी