असार २५ एजेन्सी । फ्रान्समा जारी युरो कप फुटबल प्रतियोगीताको उपाधीका लागी भोली फ्रान्स र पोर्चुगलबीच प्रतिस्पर्धा हुदै छ ।
राति पौने १ बजे फ्रान्सको स्टेड डि फ्रान्समा हुने फाईनलका लागि दुवै टिमले तयार रहेको प्रतिकृया दिएका छन् ।
विश्वभर चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो भोलीको मुख्य आकर्षण रहने छन् ।
रियल मड्रिडबाट सर्वाधीक सफल खेलाडी रोनाल्डोले १२ वर्षदेखि राष्ट्रिय टिमका लागि खेलिरहे पनि मुख्य उपाधी जीत्न नसकेकोमा आलोचना हुदै आएका बेला उनको लागि अर्को ईतिहास रच्ने मौका हुने छ ।
समुह चरणमा तुलनात्मक रुपमा कमजोर प्रदर्शन गर्दै आए पनि नकआउट चरणबाट सुधार्दै लगेको पोर्चुगलले सेमिफाईनलमा उदीयमान वेल्स टोलीलाई २–० ले पाखा लगाएर फाईनलको यात्रा तय गरेको थियो ।
यता फ्रान्स पनि विश्व विजेता जर्मनीलाई पाखा लगाएर फाईनलमा पुगेको साथै घरेलु मैदानमै प्रतिस्पर्धा हुने भएकाले पनि आशाबादी देखिएको छ ।
स्टार प्लेयरको रुपमा उदाएका ग्रिजम्यान फ्रान्सको मुख्य हतियारको रुपमा देखिएका छन् ।
जस्तो सुकै अवस्थामा गोल गर्न सक्ने क्षमता राख्ने ग्रिजम्यान यस प्रतियोगीताको सर्वाधीक गोल कर्ताको सूचीमा शीर्ष स्थानमा छन् । उनले ६ गोल गरीसकेका छन् ।