काठमाण्डौ ,२५ असार ।
नेपाली कांग्रेस नेता प्रकाशमान सिहले दलहरुबीच अब बन्ने सहमती केवल सत्ताका लागी मात्रै हुने धारणा राख्नुभएको छ ।
कांग्रेस काठमाडौ क्षेत्र नं एकले आज आयोजना गरेको कायकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिंहले दलहरुबीच हुने सहमतीलाई सत्तामा पुग्ने भर्याङका रुपमा लिने गरेकोे बताउनु भयो ।
संविधानको पुर्ण कायनयन अहिलेको मुख्य चुनौति रहेको भन्दै उहाले सहमती कार्यान्वयन सहितको सहमती गर्न राजनितिक दललाई आग्रह गर्नुभयो ।
ओली नेतृत्वको सरकारले आर्थिक अनुसासन तोडेर वजेट ल्याएको आरोप लगाउदै नेता सिहले सत्ताधारी दलकै नेताहरुले बिरोध गर्नुले सरकार असफल भएको स्पष्ठ हुने बताउनु भयो ।
अर्को प्रशंगमा उहाले १३ औ महाधिवेशन सकिएको यति लामो समयसम्म पनि पार्टीको विधान अनुसार सभापतिले पदाधिकारी चयन लगायतको काम नसक्नु दुखद भएको टिप्पडि गर्नुभयो ।
सभापति देउवाप्रति लक्षीत गर्दै नेता सिहले भन्नुभयो , हिजो पार्टिलाई विधान अनुसार चलेन भरेर बिरोध गर्ने नेताले आफै नेतृत्वमा पुगेपछि पनि कुनै सकारात्मक परिवर्तन ल्याउन सकेका छैनन् , यसरी अघि बढे पार्टी झन कमजोर बन्छ ।
पार्टी सन्चालन गर्न भनाई र गराईमा एकरुपता ल्याउन नसके नेतृत्व असफल बन्ने उहाको भनाई छ ।