चीन स्वाशासित क्षेत्र तिब्बतका उपाध्यक्ष लिउ आज काठमाडौ आउदै

चीन स्वाशासित क्षेत्र तिब्बतका उपाध्यक्ष लिउ आज काठमाडौ आउदै

  • शनिबार, असार २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौ २५ असार । चीनको स्वाशासित क्षेत्र तिब्बतका उपाध्यक्ष लिउ जियाङ आज काठमाडौ आउदै हुनुहुन्छ । तिब्बतका सेक्युरिटी डिपार्टमेन्ट प्रमुख समेत रहनु भएका लिउ नेतृत्वको सुरक्षा अधिकारीसहितको टोली तीन दिने भ्रमणका लागि नेपाल आउन लागेको हो ।

नेपाल बसाईका क्रममा उहाँले नेपाल प्रहरी, राष्ट्रिय अुनसन्धान विभाग र शसस्त्र प्रहरीका प्रमुखका साथै गृहसचिव नारायणगोपाल मलेगोसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

उहाँले नेपाल–चीन सीमा हुदै आएको तिब्बतीको गैरकानुनी प्रवेश, मुलुकले तिब्बतका पृथकतावादी नेता दलाई लामाका समर्थकलाई गरिरहेको भौतिक तथा राजनितिक सहयोग लगायतका विषयमा छलफल गर्नुहुने कुटनितिक स्रोतले जनाएको छ ।

लिउसहितको चिनियाँ प्रतिनिधि मण्डल र नेपाली पक्षबीच सशस्त्र प्रहरीको एकेडेमी निर्माण र सीमा अपराध नियन्त्रण लगायतका विषयमा पनि छलफल हुने गृहमन्त्रालयका प्रवत्ता यादव कोइरालाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ