२०७४ साल माघ सम्म सरकार फेरिदैनः प्रम ओली

२०७४ साल माघ सम्म सरकार फेरिदैनः प्रम ओली

  • शुक्रबार, असार २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

असार २४, २०७३ । प्रधानमन्त्री केपी ओलीले अर्को बर्षको माघसम्म वर्तमान सरकारले निरन्तरता पाउने दाबी गर्नु भएको छ ।

सामान्य प्रशासन मन्त्रालय र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले धुलिखेलमा आज आयोजना गरेको कार्यक्रममा उहाँले संघीय निर्वाचनको परिणामपछि मात्रै सरकार हट्ने बताउनु भयो ।

संसद विघटन गर्न लागेको आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो सरकार झ्यालबाट हाम फाल्ने खालको सरकार होइन ।’

अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले विकास, पुर्वाधार, औद्योगिकरण, आधुनिकिकरण, शान्ती, सुशासन दिने संघीयता मात्रै दिगो हुने टिप्पणी गर्नु भयो ।

सबै मन्त्रालयका सचिव सहभागि अन्तरक्रियाका सहभागीले यही गतिमा काम भए २०७४ माघ भित्रमा संघीयता कार्यन्वयन हुन नसक्ने धारणा राखेका थिए । संघीयताको स्वरुप नै स्पष्ट नभएको भन्दै सहभागिले स्पष्ट पार्नुपर्ने धारणा राखेका थिए ।

सामान्य प्रशासन मन्त्री रेखा शर्मा, लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली, मुख्य सचिव सोमलाल सुवेदी, सामान्य प्रशासन सचिव टंकमणि शर्मा, प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने लगायतले संघीयतामा कर्मचारीको व्यवस्थापनबारे धारणा राख्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ