एजेन्सी असार २४ । विश्वकै सबै भन्दा घातक राईफल मानिन्छ एक ४७ । यो रुसले दोस्रो विश्व युद्धको समाप्ति पछि आविस्कार गरेको थियो । तर यो हतियार संसारभर यति प्रख्यात छ कि विद्रोही तथा राज्यहरुले यो हतियार ठूलो मात्रामा प्रयोग गरीरहेका छन् अझै पनि । रसियाका तात्कालिन लेफ्टििनेन्ट जनरल मिखेल क्लानिस्कोवले आविस्कार गरेका थिए ।
रुसको ईजेब्सकमा जनरल क्लानिस्कोवको नाममा रहेको कन्सर्न कम्पनीले यो हतियार उत्पादन गरीरहेको छ ।
यो राईफलको अलग अलग पार्टहरु हातले बनाईन्छ । त्यस पछि आगोमा तताईन्छ । यो अहिले रुस बाहेक अन्य देशमा समेत उत्पादन हुन्छ ।

तर मुख्य गरी बिश्व सैन्य बजारमा यसले रुसको प्रतिनिधित्व गर्दछ । दोस्रो विश्वयुद्धको अन्त्य तिर १९४६ मा यसको ट्रायल गरिएको थियो ।
सन् १९४९ जुलाई ६ मा रुसी सेनाले यसलाई आधिकारीक रुपमा प्रयोगमा ल्याएको थियो । यो राईफलले प्रति सेकेण्ड एक दर्जन बढी गोली हान्न सक्छ ।
यसका आविस्कारकले केही वर्ष पहिले आफूलाई यो हतियारको आविष्कार गरेकोमा दुखः लागेको टिप्पणी गरेका थिए । उनको भनाई के थियो भने यसै हतियारका कारण विश्वमा धेरै मानिसहरु मारिएका छन् ।
ब्लगर वारलामोव ज्याल्टले फ्याक्ट्रीको भ्रमण पछि यी तस्वीरहरु सार्वजनिक गरेका थिए ।








