अनीलको कप्तानीमा बंगलादेशविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

अनीलको कप्तानीमा बंगलादेशविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

  • शुक्रबार, असार २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ ,२४ असार ।
बंगलादेशसँग हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागी अनील गुरुङको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ ।
असार अन्तिम र साउनको पहिलो हप्ता हुने दुई मैत्रीपूर्ण खेलका लागि २१ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको एन्फाले जनाएको छ ।

नेपाली राष्ट्रिय टोलीका मूख्य प्रशिक्षक ग्यातुकी कोजीले प्रशिक्षणमा रहेका २९ खेलाडीमध्येबाट २१ जनाको अन्तिम छनौट गरी टोलीको घोषणा गरेका हुन् ।

एन्फाका अनुसार नेपाली टोलीको गोलकिपरमा किरण लिम्बु, बिकेश कुथु र बिशाल श्रेष्ठ छन् । डिफेन्समा उपकप्तान बिराज महर्जन, अनन्त तामाङ, दिनेश राजबंशी, आदित्य चौधरी, जीतेन्द्र कार्की, देभेन्द्र तामाङ, रविन श्रेष्ठ, रञ्जित धिमाल र मानबहादुर तामाङ छन् भने मिडफिल्ड सुजल श्रेष्ठ, बिशाल राई, राजेन्द्र रावल, अञ्जन विष्ट र सुमन लामाले सम्हाल्ने छन्।

त्यस्तै अग्रपंक्ति नवयुग श्रेष्ठ, भरत खवास, रञ्जन विष्ट र कप्तान अनिल गुरुङले सम्हाल्ने छन्। टोलीको प्रशिक्षकमा राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षकमा उज्वल मानन्धर छन्।
नेपाली राष्ट्रिय टोलीले आगामी असार ३१ र साउन २ मा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी