काठमान्डौ,२४ असार ।
नेपालबिरुद्धको बल्र्ड क्रिकेट लिग च्याम्पियनसिपका लागी नेदरल्याण्डसले टोलीको घोषणा गरेको छ ।
१६ सदस्सीय टोलीको कप्तानी पिटर बोरेनले सम्हाल्ने छन् । त्यस्तै वेस्ले बारिसी, वेन कोपर, भिभिएन किङमा, स्टेफन मेवर्ग, मिचेल रिपोन र पिटर सेलारले पनि टोलीमा स्थान बनाएका छन् ।
फाष्ट बलर असान मलिक, पउल भान मिक्रेन र सिकन्दर जुल्फिकर पनि नेपालबिरुद्धको खेलमा मैदान उत्रनेछन् ।
नेपालले भने नेदरल्याण्डस बिरुद्धको खेलका लागी टोलीको औपचारिक घोषणा गरेको छैन् । यद्यपी सोही खेलको तयारीका लागी भन्दै ईङल्याण्ड भ्रमणमा जाने १५ सदस्सीय टोलीको घोषणा भइसकेको छ ।
नेपालले नेदरल्याण्ड्सबिरुद्ध उसकै घरेलु मैदानमा आगामी अगष्ट १३ र १५ मा दुई एक दिबसीय खेल खेल्नेछ । ६ खेलबाट ४ मा जित निकालेको नेदरल्याण्डस् अंक तालिकाको शीर्ष स्थानमा छ ।
नेपाल भने ६ मध्ये २ मा जित निकाल्दै ४ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।