जर्मनीलाई पराजित गर्दै फ्रान्स युरोकप फुटबलको फाइनल प्रवेश

जर्मनीलाई पराजित गर्दै फ्रान्स युरोकप फुटबलको फाइनल प्रवेश

  • शुक्रबार, असार २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ २४ असार ।  

विश्व विजेता जर्मनीलाई हराउँदै आयोजक फ्रान्स युरोकपको फाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा उपाधि दाबेदार जर्मनी फ्रान्ससँग २–० गोल अन्तरले पराजित भएको हो ।

फ्रान्सको जीतमा दुवै गोल एन्टोनी ग्रिजम्यानले गरे । उनले पहिलो हाफको अन्तिम मिनेटमा जर्मनीका क्याप्टेन बास्टियन स्वाइन्सटाइगरले डिबक्सभित्र हृयाण्ड गरेपछि पाएको पेनाल्टीे सदुयोग गर्दै फ्रान्सलाई अग्रता दिलाए ।

यस्तै १–० को अग्रता कायम गरेका उनले खेलको ७२ औँ मिनेटमा फेरि अर्को गोल गरे । जर्मनीमाथि फ्रान्सको यो ऐतिहासिक जित हो । कुनै पनि मुख्य प्रतियोगितामा फ्रान्सले जर्मनीलाई सन् १९५८ यता हराउन सकेको थिएन ।

युरोकप फुटबलको उपाधिका लागि अब फ्रान्सले भोली पोर्चुगलसँग खेल्नेछ । यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा वेल्सलाई पारजित गर्दै पोर्चुगल फाइनल पुगिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी