सुकुम्बासी समस्या समाधानका लागी आयोग बन्ने

सुकुम्बासी समस्या समाधानका लागी आयोग बन्ने

  • बिहिबार, असार २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं , २३ असार ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जमिनको उपयोगदेखि सुकुम्वासी समस्या दीगोरुपमा समाधानका लागि शक्तिशाली आयोग गठन गर्र्नु पर्ने बताउनु भएको छ ।

भूमिसुधार मन्त्रालयले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सुकुम्वासीहरुलाई आवासको व्यवस्थापन गर्नेदेखि कृषियोग्य जमिनमा आधुनिक प्रविधि अपनाएर उत्पादकत्व बढाउने गरी काम गर्नका लागि आयोग गठन गर्न आवश्यक रहेकोमा जोड दिनुभएको हो ।

देशका बिभिन्न स्थानमा थुप्रै खेती योग्य जमिन नै बाझो रहेको भन्दै उहाले अब आधुनिक प्रविधिको प्रयोगमार्फत बाझो जमिनमा समेत खेती सुरु गर्न कृषकलाई आग्रह समेत गर्नुभयो । त्यसका लागी सरकारले आयोगमार्फत छिट्टै नै कृषकका लागी उचित कदम चाल्ने पनि प्रतिबद्धता जनाउनु भयो ।

पुरानै पद्धतिको प्रयोगमार्फत खेति लगाईरहेको भन्दै उहाले आधुनिक प्रविधिको प्रयोगमार्फत उचित मल बिउ विजनको प्रयो गरेर उत्पादनमा बृद्धि गर्न तर्फ अग्रसर हुनुपर्ने र त्यसका लगाी कृषकलाई सम्बनधीत निकायले सहयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

अर्को प्रशंगमा प्रधानमन्त्री ओलीले हल्लाका भरमा सरकार परिवर्तन नहुने स्पष्ठ पार्नुभएको छ । तत्काल सरकार परिवर्तन नहुने बरु केही विस्तार हुने उहाको भनाई छ ।

नेपाललाई हल्लाको देशको सङग्या दिदै ओलीले भन्नुभयो ‘यो हल्लै हल्लाको देश हो, अहिले सरकार परिर्वतनको पनि हल्ला भईरहेको छ यसमा सत्यता छैन बरु चाँडै नै विस्तार हुने छ । उहाले विस्तारित सरकारमा कुन कुन दल सामेल हुन्छन् भन्ने बारेमा प्रष्ठ पार्नुभएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ