सरकारी टोलीले कोराला नाकाको अवस्थाबारे जानकारी लियो

सरकारी टोलीले कोराला नाकाको अवस्थाबारे जानकारी लियो

  • बिहिबार, असार २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

असार २३ काठमाण्डौं ।
उपप्रधानमन्त्री नेतृत्वको सरकारी टोलीले चीनसग‘को महत्वपूर्ण नाका मध्य एक मुस्ताङको कोरला नाकाको अवस्थाको बारेमा जानकारी लिएको छ ।

तीन जना उपप्रधानमन्त्रीहरु सहित तीन सदस्यीय सरकारी टोलीले आज मस्ताङ पुगि पहिलो पटक कोरलाको पूर्वधार निर्माण, सुरक्षा अवस्था लगायतका बिषयमा जानकारी लिएको हो ।

टोलीमा भौतिक योजना तथा यातायात मन्त्री विजयकुमार गच्छदार, रक्षा मन्त्री भीम रावल र उर्जामन्त्री टोपबहादुर रायमाझी सहितको टोलीमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, अर्थ राज्यमन्त्री दामोदर भण्डारी, मुस्ताङका सांसद, सम्बन्धित मन्त्रालयका सचिव र केही कर्मचारी सहभागी छन् ।

सरकारले कोरला नाका खोल्न प्राथमिकता दिएपछि कालीगण्डकी करिडोर सडकको स्तोरोन्नतीबारे टोलीले जानकारी लिएको हो ।

रक्षामन्त्री रावलले लुमाथान्कामा सेनाको बेस क्याम्प राख्नेबारे अवलोकन गर्नुहुनेछ भने उर्जामन्त्री रायमाझीले हावाबाट बिजुली निकाल्ने बारेमा जानकारी लिनुहुने बताईएको छ ।

मुस्ताङ र चीनको तिव्वत जोडिने कोरला नाका सञ्चालनमा सरकारले प्राथमिकता दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी