काठमान्डौ,असार २३।
हङकङका लागि उडान भरेको नेपाल वायुसेवा निगमको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ । हङकङका लागि उडेको सो विमानमा एक सय भन्दा बढी यात्रु सवार रहेको निगम स्रोतले जनाएको छ ।
विमास्थलबाट उडान भरे लगत्तै चरा ठोक्किएपछि विमानलाई आकस्मिक अवतरण गराइएको विमानस्थल सुरक्षा स्रोतले पुष्टी गरेको छ ।
चालक दलका सदस्यहरुले विमानलाई आकस्मिक अवतरण गराउन सफल भएको र कुनै मानवीय क्षति हुन नपाएको विमानस्थल व्यवस्थापनले जनाएको छ ।
चरा ठोक्किएर विमान ग्राउण्डेड भएपछि दिल्लीबाट आएको निगमको अर्काे जहाज मार्फत हङकङ जाने यात्रुलाई पठाउने तयारी भइरहेको निगम व्यवस्थापनले जनाएको छ ।
विमानलाई आकस्मिक अवतरण गराउने क्रममा त्रिभुवन विमानस्थलमा केहीबेर उडान तथा अवतरण प्रभावित भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline