आज इद पर्व मनाइदै ,,सार्वजनिक बिदा

आज इद पर्व मनाइदै ,,सार्वजनिक बिदा

  • बिहिबार, असार २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

काठमाडौं, २३ असार ।
इस्लाम धर्मावलम्बीको महान चाड इद उल फित्र आज मनाइदै छ । हिजो बेलुका चन्द्रमा देखिएकाले आज इद मनाउन लागिएको हो ।

चन्द्रमाको आकारको आधारमा यो पर्व मनाउने दिन निर्धारण गर्ने गरिन्छ । जब अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ तबमात्र रमजान महिनाको व्रत अन्त्य भई इदउल फित्र पर्व सुरु भएको मानिन्छ ।

एक महिने पवित्र रमजान पर्व रोजा सकिए पछि आज देखि शनिबार सम्म इद मनाइदै छ । एक महिने रमजान पर्व रोजा हिजो पुरा भएको हो ।

रमजान रकिए लगत्तै तीन दिन सम्म मनाइने ईद उल फित्र अर्थात इद मुस्लिम समुदायले आपसमा भाइचाराको कामना गर्दै धुमधामका साथ मनाउने गर्दछन् । यस पर्वमा मुस्लिम समुदाय पवित्र भइ सफा लुगा लगाइ नमाज पढ्ने गरिन्छ ।

ईद उल फित्रका अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

हिजो इद मनाउने तयारी गरेपनि मङगलबार बेलुका चन्द्रमा नदेखे पछि इद आज मनाउन लागेका अन्तर धार्मिक परिषद्का संस्थापक एवम् ईस्लामिक संघ नेपालका पूर्व अध्यक्ष मौलाना नजरुल हसन फलाहिले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ