भक्तपुर, २२ असार ।
महानगरिय प्रहरी परिसर भक्तपुरले भक्तपुरका बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
प्रहरी परिसरमा आज पत्रकारहरुका माँझ बिभिन्न स्थानबाट जफत गरिएको झण्डै एक हजार लिटर घरेलु मदिरा नष्ट गरिएको हो ।
भक्तपुरबाट काठमाडौंतर्फ बिभिन्न सवारी साधनबाट लाँदै गरिएको अवस्थामा घरेलु मदिरा नियन्त्रणमा लिएको थियो ।
दुई महिनायता भक्तपुर तथा आसपासको क्षेत्रबाट विक्रीको लागि लगिँदै गरेको अवैध मदिरालाई नियन्त्रणमा लिई आज नष्ट गरिएको प्रहरी परिसरका प्रवक्ता एव डिएसपी शेखर खनालले जानकरी दिनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline