शशांक कोइरालाको स्वास्थ्यमा केही सुधार

शशांक कोइरालाको स्वास्थ्यमा केही सुधार

  • बुधबार, असार २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ ,२२ असार । 
ओम अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा केही सुधार देखिएको छ ।

अस्पतालले पत्रकार सम्मेलन गरेर कोइरालाको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएको छ । विहानको भन्दा स्वास्थ्यमा केही सुधार आएको डा. लव जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ’भोलिसम्म यहि अस्वस्थामा राख्न सकियो भने सुधार मान्न सकिन्छ ।’

कोईरालाको उहाँको अहिले भेन्टिलेटरमा राखेर उपचार जारी राखेको अस्पतालले जनाएको छ । निमोनिया भएका कोईरालालाई फोक्साका साथै कलेजो र मृगौलामा पनि समस्या देखिएको छ ।

यसैविच विहान अस्पताल पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले कोईरालालाई एयर एम्बुलेन्स मार्फत दिल्ली लगेर उपचार गराउन प्रस्ताव गरे पनि अहिलेको अवस्थामा कही कतै लैजान नमिल्ने अस्पतालले जानकारी दिएको छ ।

कोईरालाको स्वास्थ्य अवस्था बारे जानकारी लिन प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापित शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेसका प्राय सबै नेता ओम अस्पताल पुग्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ