भोलि बिहिवार सार्वजनिक बिदा ,इद पर्व मनाईदै

भोलि बिहिवार सार्वजनिक बिदा ,इद पर्व मनाईदै

  • बुधबार, असार २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं, २२ असार ।
ईद पर्वको अवसरमा भोली विहीबारका दिन सरकारले सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज बिज्ञप्ती जारी गर्दै विहीबारलाई सार्वजनिक विदाको घोषणा गरेको हो ।

इस्लाम धर्मावलम्बीको महान चाड इद उल फित्र भोली मात्र मनाइने भएको छ । हिजो बेलुका चन्द्रमा नदेखिएकाले इद भोली मनाउन लागिएको हो ।

मुस्लिम धर्मावलम्बीहरुले रमजानको १ महिना लामो कठोर व्रतपछि अन्तिम दिन ईद उल फितर पर्व मनाउने गर्दछन् । चन्द्रमाको आकारको आधारमा यो पर्व मनाउने दिन निर्धारण गर्ने गरिन्छ ।

जब अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ तबमात्र रमजान महिनाको व्रत अन्त्य भई इदउल फितर पर्व सुरु भएको मानिन्छ ।

आज बिहान इद मनाउने तयारी गरेपनि हिजो बेलुका चन्द्रमा नदेखे पछि भोली मात्रै इद मनाउने निर्णय भएको अन्तर धार्मिक परिषद्का संस्थापक एवम् ईस्लामिक संघ नेपालका पूर्व अध्यक्ष मौलाना नजरुल हसन फलाहिले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ