प्राकृतिक प्रकोपको क्षति र उद्धारको अवस्थाबारे जानकारी गराउन सरकारलाई निर्देशन

प्राकृतिक प्रकोपको क्षति र उद्धारको अवस्थाबारे जानकारी गराउन सरकारलाई निर्देशन

मानवतस्करीको आरोप लागेकोबारे स्वेतपत्र जारी गर्न काग्रेसको माग

  • बुधबार, असार २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाण्डौ ,२२ असार ।

संसदले प्राकृतिक प्रकोपबाट देशभर भएको क्षति र उद्धारको अवस्थाबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।

संसदमा बोल्ने सांसदहरुले विपत् ब्यावस्थापनमा भईरहेको सरकारी तयारी र पिडितलाई राहत तथा पुनस्र्थापनाका बिषयमा चालिएको कदमबारे सरकारसँग जवाफ माग गरेपछि सभामुख ओनसरी घर्तीले त्यसबारे रुलि गर्नुभएको हो ।

संसदको शुन्य समयमा सांसदहरु मोहन बस्नेत ,अमृत बोहरा ,कृष्ण धिताल लगायतले प्राकृतिक प्रकोप पिडितका लागी सरकारबाट भएको कदमका बारेमा सदनलाई जानकारी गराउन माग गरेका थिए ।

यस्तै नवलपरासिमा एक महिलामाथि सुरक्षाकर्मीले बलात्कार गरेको घटनामा संलग्न दोसिलाई कार्वाहिको माग गरेपछि सभामुख घर्तीले महिला हिंसा न्युनिकरण बारे भईरहेको पहलबारे पनि जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको छ ।

संसदमा विनियोजन बिधेयकमाथि सांसदहरुले उठाएको प्रश्नमा विभागिय मन्त्रीले जवाफ दिने क्रम जारी छ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी काग्रेसले सांसदहरुलाई मानवतस्करीको आरोप लागेको भन्दै सोबारे स्वेतपत्र जारी गर्न संसदको ध्यानकर्षण गराएको छ ।

संसदको विशेष समयमा बोल्दै कंग्रेसका सांसद रामहरी खतिवडाले २०७० सालदेखि नै सांसहरुबाट मानवतस्करी भएको भन्दै सोबारे सरकारले प्रष्ट पार्नुपर्ने माग गर्नुभएको हो ।
माओवादीका ८ सांसदलाई मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको अनुसन्धानमा राखिएको समाचार बिभिन्न सन्चार माध्यममा प्रकासन भएपछि सो बिषयमा सदनसम्म पुगेको हो ।

यस्तै उहाँले जलवायु सम्मेलनमा पेरिस सम्मेलनमा सहभागी हुँदा पोर्चुगल र स्पेनमा १५ जनालाई वातावरण मन्त्री विश्वेन्द्र पासवानले छाडेको दावी समेत गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ