काठमाण्डौ ,२२ असार ।
आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनमा आबद्ध दलका सांसदहरुले व्यवस्थापिका संसदको आजको बैठक पनि बहिष्कार गरेका छन्।
संविधानका कतिपय विषयमा असन्तुष्टि जनाउँदै सदन र सडक आन्दोलनमा रहेको मधेसी मोर्चा र संघीय गठबन्धमा आबद्ध सांसदहरुले आफूहरुले उठाउँदै आएका मुद्दा सम्बोधन नभएसम्म सदन बहिष्कार गर्ने भन्दै बाहिरीएका थिए ।
सभामुख ओनसरी घर्तीमगरले सदनको कारबाही अगाडि बढाउने वित्तिकै मोर्चामा सहभागी दलका सांसदहरु उभिएर विरोध जनाएका थिए।
सदनमा बोल्दै सद्भावना पार्टी नेपालकी सांसद डिम्पलकुमारी झाले आफ्नो माग वार्ताको माध्यमबाट समाधानको पहल गर्न सभामुखसँग आग्रह गर्नु भयो ।समस्या समाधान नभइ स्थानीय निकायको निर्वाचन पनि हुन नसक्ने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline