काठमाडौ २१ असार ।
नेपाल भारत प्रबुद्ध समुह इपिजीको बैठकले सन् १९ ५० को सन्धी पुनरावलोकन गर्ने सहमती गरेको छ ।
काठमाण्डौमा आज सम्पन्न दुई दिने ईपिजीको बैठकमा १९५० को सन्धि पुनरावलोकनका लागी नेपाल र भारत दुबै पक्ष सहमत भएका हुन् ।
नेपाल र भारतका प्रबुद्ध ब्यत्ति सहभागी बैठकले सन्धि पुनरावलोकनका लागी दुबै मुलुकका सम्बन्धीत क्षेत्रका बिज्ञहरुसँग छलफल गरि टुङगोमा पुगिने पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपालका तर्फबाट संयोजक भेषबहादुर थापाले जिम्मेवारी पुरा गर्नका लागी कार्यपत्र बनाई अघि बढ्ने निर्णय भएको बताउनु भयो ।
यस्तै इपिजीको बैठक प्रत्येक तीन महिनामा बस्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा दुई देशबीच पछिल्लो पटक चिसिदै गएको सम्बन्ध सुधारका साथै सम्बन्ध सुदृडीकरणका विषयमा पनि छलफल भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline