एजेन्सी ,२१ असार ।
युरोकप फुटबलको क्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएर घर फर्किएको आइसल्याण्डको टिमको भव्य स्वागत भएको छ ।
पहिलो सहभागितामै युरोकप फुटबलको क्वाटरफाइनलसम्म पुगेको टिमलाई आइसल्याण्डका नागरिकले भव्य स्वागत गरेका हुन् ।
टिमको स्वागतका लागि रेयजाविकमा दशौं हजार मानिस जम्मा भएका थिए । खेलाडी तथा खेल पदाधिकारीलाई बसमा राखेर नगर परिक्रममा गराइएको थियो ।
तीन लाख ३० हजार जनसंख्या भएको युरोपको सानो देश आइसल्याण्ड इंग्ल्याण्डलाई हराएर क्वाटरफाइनलमा पुगेको थियो ।
क्वाटरफाइनलमा फ्रान्ससँग ५–२ ले पराजित भएर आइसल्याण्ड प्रतियोगीताबाट बाहिरिएको हो ।
आइसल्याण्ड कुनै पनि मुख्य प्रतिस्पर्धाको क्वाटरफाइनलमा पुगेको यो पहिलो पटक हो । युरोकपमा आइसल्याण्डले अस्ट्रियालाई पनि हराएको थियो । यस्तै छनौट चरणमा नेदरल्याण्डस, टर्की र चेक रिपब्लिकलाई हराएको थियो ।