बाढी पहिरोको जोखिम टार्ने गरी तयारी गर्न राज्य व्यवस्था समितिको निर्देशन

बाढी पहिरोको जोखिम टार्ने गरी तयारी गर्न राज्य व्यवस्था समितिको निर्देशन

  • सोमवार, असार २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, असार २० । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले प्राकृतिक विपदबाट हुन सक्ने सम्भावित क्षति न्युनिकरणका लागी पुर्व सचेतना तथा तयारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरवारस्थित समितिको कार्यलयमा आज बसेको बैठकले बर्षेनी बाढी पहिरोबाट मुलुकका विभिन्न स्थानमा ठुलो धनजनको क्षति हुने गरेको भन्दै प्राकृतिक बिपदबाट हुने क्षतिलाई सकेसम्म रोक्ने गरि प्रभावकारी कदम चालन सरकारलाई निर्देशन दिएको हो ।

समितिले प्राकृतिक बिपदका बेला परिचालन हुने नेपाली सेना, शसस्त्र तथा नेपाली प्रहरी र अन्य उद्धारकार्यमा खटिने निकायलाई स्रोत साधनको अभाव नहुने गरि बजेट व्यवस्थापन गर्न समेत सरकारलाई निर्देशन दिएको सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो ।

जोखिमयुक्त स्थानको पहिचान गरि सम्भावित क्षति न्युनिकरणका साथै सुरक्षाका उपाय अवलम्वन गर्न पनि समितिले सरोकारवाला निकायलाई सुझाव दिएको छ ।

बैठकमा उपप्रधान तथा रक्षा मन्त्री भीम रावल, गृहमन्त्री शक्ति बस्नेत, गृह र रक्षा मन्त्रालयका सचिव, प्रधान सेनापति, सशस्त्र र नेपाल प्रहरीका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ