पारसको कप्तानीमा बेलायत जाने नेपाली क्रिकेट टोलीको घोषणा

पारसको कप्तानीमा बेलायत जाने नेपाली क्रिकेट टोलीको घोषणा

  • सोमवार, असार २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमान्डौ २० असार । पारस खड्काको कप्तानीमा बेलायत जाने १५ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तोकेको छनौट समितिले अभ्यास खेल खेल्न बेलायत जाने नेपाली क्रिकेट टोलीको घोषणा आज गरेको हो ।

यस्तै टोलीमा सुवास खकुरेल र अनिल मण्डलले पुनरागमन गरेका छन् भने बिक्रम शोबले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

घोषित टोलीमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी छन् । यस्तै करण केसी, सन्दिप लामिछाने, राजु रिजाल र राजेश पुलामी मगर पनि टोलीमा परेका छन् ।

आन्तरिक विवादमा परेपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेपछि राष्ट्रिय टोलीले पहिलो पटक अन्तराष्ट्रिय स्तरमा सहभागीता जनाउन लागेको हो ।

आईसीसीका बेन्केटापथी राजु, नेपाली टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको तीन सदस्यीय टोलीले १५ सदस्यीय टोलीको छनौट गरेको हो ।

नेपाली टोलीले आगामी साउन चार गते बेलायतमा मेरिलोन क्रिकेट क्लब एमसीसीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीले अन्य स्थानीय टोलीसँग समेत मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नेछ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीमा रहेको नेपाली क्रिकेट टोली आगामी २७ गते बेलायत जाने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी