२४ घण्टाका लागि महाकाली पुलमा आवागमनमा रोक

२४ घण्टाका लागि महाकाली पुलमा आवागमनमा रोक

  • सोमवार, असार २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

कञ्चनपुर, असार २०।
भारतीय पक्षले महाकाली पुलको मर्मत गर्ने भन्दैे पुलमा २४ घण्टाका लागि आवागमन बन्द गरेको छ ।

पुलको अवस्था जिर्ण भएकाले मर्मत गर्ने भन्दै भारतीय पक्षले हिजो बेलुकादेखि आज बेलुका ७ बजेसम्मका लागि पुलमा आवागमन बन्द गरेको हो ।

पुलमा चारपांग्रे गाडी लगायत मानिसको आवागमनमा समेत रोक लगाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिनुभयो ।

पुलमा आवागमन बन्द भएपछि भारतबाट घर फर्कने सयौ यात्रु भारतीय सीमावर्ती बजार वनबासामा अलपत्र परेका छन् ।

पुलको मर्मत गर्न लागेकाले आज बेलुका ७ बजेसम्म आवागमन बन्द गर्न लागिएको भन्दै भारतीय पक्षले पत्र पठाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ