काठमान्डौ,असार २०।
मुगुमा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्।
वनबाट काठ लिएर गमगढी आउँदै गरेको भे १ च ६५५४ नम्बरको ट्याक्टर कार्कीवडा–४ लेते खोलामा गएराति दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो।
मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घाइतेहरुको रारा अस्पतालमा उपचार भइरहेको छ।
ट्याक्टर चालक सागर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline