युरो कपः सेमिफाईनल समिकरण पुरा , अन्तिम क्वाटरफाईनलमा फ्रान्स विजयी

युरो कपः सेमिफाईनल समिकरण पुरा , अन्तिम क्वाटरफाईनलमा फ्रान्स विजयी

  • सोमवार, असार २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

एजेन्सी ,२० असार ।

युरो कप फुटबलमा आजबाट सेमिफाईनल समिकरण पुरा भएको छ ।

फ्रान्स युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा आइसल्याण्डलाई ५–२ ले हराएर फ्रान्सले सेमिफाइनलमा विश्व विजेता जर्मनीसँगको भेट पक्का गरेको हो ।

अन्तिम १६ मा इंग्ल्याण्डलाई हराएर क्वाटरफाइनलको यात्रा तय गरेको नवप्रवेशी आइसल्याण्डको अप्रत्यासित नतिजाको त्रम फ्रान्सले भंग गरेको छ । फ्रान्सको जितमा ओलभर जिरउडले दुई तथा दिमिबी पेयट, पउल पोग्बा र एन्टोनियो ग्रिजम्यानले एक एक गोल गरे । पेरिसमा भएको खेलमा फ्रान्सले पहिलो हाफमा नै ४–० को अग्रता लिएको थियो । जिरउडले १२ औं मिनेटमा नै गोल गर्दै सुरुवाति अग्रता दिलाए । त्यसको सात मिनेटपछि पोग्बाले फ्रान्सको अग्रता दोब्बर पारे । पहिलो हाफको अन्तिम समयमा पेयट र ग्रिजम्यानले गोल गर्दै टिमलाई बलियो अवस्थामा पुर्‍याए ।पेयटले ४२ तथा ग्रिजम्यानले ४५ औं मिनेटमा एक एक गोल गरे ।

पहिलो हाफमा गोल रहित रहेको आइसल्याण्डले दोस्रो हाफमा दुई गोल गर्‍यो ।५६ औं मिनेटमा कोल्बिएन सिग्थोर्सनले आइसल्याण्डका लागि एक गोल फर्काए ।

त्यसको तीन मिनेटपछि फ्रान्सका जिरउडले फ्रिकिकमा हेड मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै खेल ५–१ को अवस्थमा ल्याए । ८५ औं मिनेटमा आइसल्याण्डका लागि बिरकिर बियारनासनले गोल गरेपनि हारु टार्न सकेनन् ।र फ्रान्स ५–२ ले विजयी भयो । फ्रान्सले आइसल्याण्डसँग खेल्नु अघि यो प्रतियोगितामा दुई गोल मात्रै खाएको थियो । यो खेलमा गोल गरेका ग्रिजम्यानले यो युरोकपमा चार गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।

पेयट र जिरउडले तीन गोल गरेका छन् र उनीहरु अरु खेलाडीसँगै दोस्रो स्थानमा छन् । फ्रान्सले सजिलै हराएर पनि आइसल्याण्डलेखेलमा गोल गर्ने राम्रा अवसर भने सृजना गरेको थियो । फ्रान्सले बिहीबार हुने सेमिफाइनलमा विश्व विजेता जर्मनीसँग खेल्नेछ । जर्मनी इटालीलाई हराएर यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । 

युरो २०१६ अघिसम्म शायदै धेरैले यो देशको नाम सुनेका थिए, जसको जनसंख्या नै ३ लाख ३० हजार छ । तर, यो प्रतियोगितामा उनीहरुले आफ्नो देशलाई विश्व फुटबलको मञ्चमा प्रस्तुत मात्र गरेनन्, धेरै गाथाहरु लेख्न बाध्य पारे ।

 

समूह चरणमा उसले बराबरी मात्र खेलेन, अष्ट्रियालाई हराएर समूह उपविजेता बन्यो । र, पि्र क्वार्टरफाइनलमा उपाधि दाबेदार मानिएको इंग्ल्याण्डलाई शिकार बनायो ।

फान्सविरुद्धको खेलमा पनि पहिलो हाफमा अप्रत्यासित रुपमा ४ गोल आएर पनि उसले पटक्कै हार मानेन । र, उनीहरुले दोस्रो हाफमा २-१ को नजिता निकाल्दै हार नमान्ने चरित्र र जितप्रतिको भोक कति छ भन्ने देखाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी