कृषि र होटेलमा लगानी गर्न पर्यटनमन्त्री पोखरेलको आग्रह

कृषि र होटेलमा लगानी गर्न पर्यटनमन्त्री पोखरेलको आग्रह

  • आइतवार, असार १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

१९ असार, दोलखा ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले कृषि र होटेल क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको छ ।

सदरमुकाम चरीकोटमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले जलविद्युत्मा लगानी गर्दा ढिलो मुनाफा आउने भएकाले छिटो नाफा लिन व्यावसायिक कृषिमा लगानी गर्नुपर्ने बताउनु भयो ।

जलविद्युत्मा लगानी गर्न गरिब जनताले नसक्ने भएकाले कृषि पर्यटनतर्फ अघि बढ्नुपर्ने उहाको भनाई थियो ।

मन्त्री पोखरेलले जलविद्युतबाट ४ देखि ६ वर्ष सम्ममा पनि मुनाफा नआउने हुँदा त्यो अवधिसम्म कुर्न कृषकलाई समस्या हुने भएकाले पनि तामाकोसी आयोजनाको सेयर तत्काल नखोलिएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् सांसद पशुपति चौलागाईंले विद्युत्मा लगानी गर्न आउने लगानीकर्ता नाफा कमाउनका लागि आउने भएकाले उनीहरुलाई सहमति दिँदा धेरै विषयमा सोचेर दिन आवश्यक रहेको बताउनु भयो ।

एमालेका केन्द्रीय सदस्य एवम् सांसद पार्वत गुरुङले विद्युत्मा लगानी गर्ने लगानीकर्ताको कारण दोलखाको जलविद्युत् आयोजना धराशायी बनेको धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ