काठमाडौं,१९ असार ।
श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले मलेसियामा फ्रि भिसामा गएका एउटै कामदार नभेटिएको बताउनु भएके छ ।
मलेसिया भ्रमणबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बोहराले मलेसियामा थुप्रै कामदारहरुसँग प्रत्यक्ष भेटघाट गरेको तर सरकारको तोकेको १० हजार सेवा शुल्क रुपैयाँ मात्रै तिरेर गएका एउटा पनि नभेटेको बताउनु भयो ।
उहाले भ्रमणका क्रममा कामदारको हितमा कदम चाल्न सकारात्मक पहल गरेको दावी गर्नुभयो ।
म्यानपावरले फ्री भिसा र टिकटको निर्णय कार्यान्वयन नगरेको भन्दै उहाले भन्नुभयो ,कम्तिमा ५० ÷६० हजार त तिरेकै सुनियो । त्यो भन्दा माथि कतिसम्म लिइएको रहेछ भनेर यहाँ औपचारिक रुपमा नभनौं ।’
मन्त्री बोहोराले आफूले भेटेका कमदारलाई विदेश आउँदा धेरै शुल्क लिएकोबारे उजुरी गर्न आग्रह गरेको पनि बताउनु भयो ।
सेवा शुल्क बढाउन व्यवसायीले माग गरिरहेपनि त्यसबारे अन्तिम निर्णय नभएको भन्दै सरकारी वार्ता टोलीले व्यवसायीसँग छलफल गरिररहेको र केही समयभित्रै यो सम्बन्धमा अन्तिम निर्णय पुग्ने बोहराले बताउनु भयो ।
म्यानपावर व्यवसायी न्यनतम् शेवा शुल्क १० हजारबाट बढाउनुपर्ने माग गर्दै आन्दोलनमा छन् ।
पत्रकार सम्मेलनमा मन्त्री बोहोराले मलेसियन सरकारसँग भएको वार्तामा व्यवसायीलाई संलग्न नगराएको भनेर गलत प्रचार गरिएको पनि स्पष्ठ पार्नुभयो ।
मलेसिया सरकार द्विपक्षीय श्रम सम्झौताका लागि तयार रहेको भन्दै उहाले आफूहरुले कामदारका हितमा उठाएका विभिन्न विष्यलाई त्यहाँको गृह मन्त्रालयमा र्पुयाएर अर्को चरणमा वार्ता बस्ने सहमति भएको जानकारी दिनुभयो ,