रसुवा ,१९ असार ।
लगातारको वर्षाका कारण पहिरो खसेर सडक अवरुद्ध भएपछि रसुवागढी नाका बन्द अफै सुचारु हुन सकेको छैन ।
पहिरोका कारण बिहीबारदेखि नाका बन्द हुदा सयौं कन्टेनर सिमामा रोकिएका छन् । रसुवागढीबाट केरुङसम्मका ६ ठाउँमा पहिरो गएको छ ।
कन्टेनर राख्ने ठाउँको अभावमा पहिरोको छेवैमा जोखिम मोलेर रोकिएको छ । पहिरोका कारण २५ वटा कन्टेनरमा क्षति पुगेको जनाइएको छ । चिनियाँ पक्षले चीन तर्फ खसेको पहिरो पन्छाउने काम गरिरहेको छ ।
यता, निरन्तरको वर्षा र पहिरोका कारण म्याग्दीमा यातायात सेवा ठप्प भएको छ । वर्षासँगै सडकमा पहिरो खस्ने, हिलो जम्ने र खोलामा बाढी आएकाले तीन दिनदेखि सदरमुकामबाट ग्रामीण क्षेत्रलाई जोड्ने सडकमा यातायात सेवा बन्द भएको हो ।
बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–पाखापानीसहित सबै ग्रामीण सडकमा सवारी आवागमन बन्द भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिले जनाएको छ ।