सुस्तामा भारतीय पक्षको अवरोधका कारण तटबन्धको कार्य रोकियो

सुस्तामा भारतीय पक्षको अवरोधका कारण तटबन्धको कार्य रोकियो

  • आइतवार, असार १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

नवलपरासी,१९ असार ।

भारतीय पक्षको अवरोधको कारण नवलपरासिको सुस्तामा नारायणी नदीको कटान रोक्न बनाइदै गरिएको तटबन्धको कार्य रोकिएको छ ।

आठ करोडको लागतमा निर्माणाधिन तटबन्धको भारतीय एसएसबीका सुरक्षाकर्मी आएर अवरोध गरेको सुस्ता बचाउ अभियानका अभियन्ता गोपाल गुरुङले जानकारी दिनुभयो ।

उनीहरुले भारतीय भूमिमा काम गरेको भन्दै धम्की दिने गरेको पनि उहाले बताउनु भयो । जनताको तटबन्ध अन्तर्गत सुस्तामा तटबन्ध निर्माण गरिन लागेको हो ।

यसैगरी पक्लिहवादेखि सुस्ता जोड्ने झोलुङ्गे पुल निर्माण कार्य पनि भइरहेको छ । सीमांकन भएको एक मिटर टाढाबाट तटबन्ध बनाइदै गरिएको भएपनि निर्माणका लागि ल्याईने सामग्री र अरु काममा बेलाबेलामा अवरोध गर्ने गरेको स्थानीयको गुनासो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ