काठमाण्डौ, १९ असार ।
ब्यवस्थापिका संसदको बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल जारी छ ।
नयाँ बानेश्वर स्थित संसद भवनमा जारी संसद बैठकमा बाँकी रहेका मन्त्रालयगत विनियोजित रकमबारे सांसदहरुले धारणा राखि रहेका छन् ।
विनियोजन विधेयकमाथिको छलफल असार २१ गते सम्म जारी रहने छ । सबै मन्त्रालयगत छलफल सकिएपछि २२ गते अर्थमन्त्रीले सदनमा जवाफ दिने कार्यसुची रहेको संसदका सह प्रवत्ता सुदर्शन कुँइकेलले बताउनु भयो ।
त्यसपछि छलफलका क्रममा उठेका प्रश्नको २२ गते देखि २४ गते सम्म संम्बन्धित मन्त्रीले जवाफ दिने र २४ गते नै आगामी आर्थिक वर्षको पूर्ण बजेट पारित गर्ने कार्यतालिका रहेको छ ।
यसअघि आज बिहान ११ बजे बसेको संसद बैठक पूर्वसांसद मंगलसिद्धी मानन्धरको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक आधा घन्टाका लागि स्थगित भएको थियो ।
एमालेको तर्फबाट २०५६ सालमा काठमाडौंबाट संसदको सदस्यमा निर्वा्चित तथा ६४ सालको संविधान सभा निर्वाचनमा सोही दलबाट संविधानसभा सदस्य बनेका मानन्धरको गत शुक्रबार उपचारको क्रममा निधन भएको थियो।
७५ वर्षीय मानन्धर संघीय समाजवादी फोरममा प्रवेश गर्नुभएको थियो ।