काठमाडौ १९ असार ।
अविरल वर्षाका कारण पहिरो खसेर सडक अवरुद्ध भएपछि बन्द भएको रसुवागढी नाका अझै खुल्न सकेको छैन । पहिरोका कारण सडक अवरुद्ध भएपछि गत बिहीबारदेखि नाका बन्द भएको हो ।
नाका बन्द भएपछि अहिले सयौं कन्टेनर सीमामा रोकिएका छन् । रसुवागढीबाट केरुङसम्मका ६ ठाउँमा पहिरो गएको छ । पहिरोका कारण २५ वटा कन्टेनरमा क्षति पुगेको छ । पहिरो जाने क्रम अझै रोकिएको छैन ।
चीन तर्फ खसेको पहिरो चिनियाँ पक्षले पन्छाउने काम गरिरहेको छ । यस्तै नेपाल तर्फ नाकालाई निर्वाध रुपमा सञ्चालन गर्नका लागि रसुवागढीमा प्राविधिकसहितको स्काभेटर तथा लोडरको व्यवस्था गर्न लागिएको भन्सार प्रमुख केदार पनेरुले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline