इटालीलाई पराजित गर्दै विश्व विजेता जर्मनी युरोकप फुटबलको सेमिफाइनल प्रवेश

इटालीलाई पराजित गर्दै विश्व विजेता जर्मनी युरोकप फुटबलको सेमिफाइनल प्रवेश

  • आइतवार, असार १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ १९ असार ।

इटालीलाई पराजित गर्दै विश्व विजेता जर्मनी युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न तेस्रो कवाटरफाइनल खेलमा इटालीलाई टाइब्रेकरमा ६–५ ले पराजित गर्दै जर्मनीले अन्तिम चारमा स्थान बनाएको हो ।

निर्धारित समयमा दुवै टोली एक एकको बराबरीमा रोकिएपछि थपिएको समयमा पनि दुवै तर्फबाट गोल हुन सकेन । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । जर्मनीले कुनै पनि मुख्य प्रतिस्पर्धामा इटालीलाई हराएको यो पहिलो पटक हो ।

पहिलो टाइब्रेकरमा पनि दुवै तर्फबाट दुई दुई गोलमात्र भएपछि खेल निर्णयबिहिन बनेको थियो । टाइब्रेकरमा जर्मनीका थोमस मुलर, ओजिल र स्वाइन्स गोल गर्नबाट चुके । यस्तै इटलीका जाजा, पेले र बोनुचीले पनि गोल गर्न सकेनन् ।

त्यसपछि सडन डेथमा इटलीका डर्मिअन गोल गर्नबाट चुकेपछि अन्ततः विश्व विजेता जर्मनी विजयी भयो । जर्मनीका लागि सडन डेथमा हृयामल्स, किमिच, बोटेङ र जोनस हेक्टरले गोल गरे भने इटलीका गिआचेरिनी, पारोला र डि सिलिओले गोल गरेका थिए ।

यसअघि खेलको ९० मिनेटभित्र इटालीलाई केही दबाबमा राखेको जर्मनीले ६५ औं मिनेटमा ओजिलको गोलबाट अग्रता लिएपनि ७८ औं मिनेटमा इटलीले पेनाल्टीमार्फत गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो ।

जर्मनीले आयोजक फ्रान्स र आइसल्याण्डको विजेतासँग सेमिफाइनल खेल्नेछ । फ्रान्स र आइसल्याण्डबीचको अन्तिम क्वाटर फाइनल खेल आज राति पौने एक बजे हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी